कञ्चनपुरको पुनर्वासमा निःशूल्क विरुवा वितरण
कञ्चनपुर: कञ्चनपुरको कुण्डा सव–डिभिजन वन कार्यालयले निःशूल्क रुपमा विरुवा वितरण गर्न थालेको छ
‘हरियाली बढाऔँ पर्यावरण संरक्षण गरौं, काठ दाउरा डाले घाँसमा आत्मनिर्भर बनौ’ भन्ने मूल नारासहित विरुवा वितरण सुरु गरिएको हो। कुण्डा सव–डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले डिभिजन वन कार्यालय कञ्चनपुरको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बुधबारदेखि विरुवा वितरण सुरु गरिएको बताए।
वन कार्यालय पचकडिया कञ्चनपुरको नर्सरीमा उत्पादन भएका टिक, मसला, टाकी कोइरालो, सिसौ, मोरिंगा प्रजातिका बिरुवा वितरण गर्ने काम हुँदै आएको छ। सव–डिभिजन कार्यालयका प्रमुख यादवले ५० बिरुवाको लागि नेपाली नागरिकताको प्रतिलिपि, ५० देखि ५ सय बिरुवा सम्म जग्गाधनी प्रमाणपत्र, ५ सय बिरुवाभन्दा माथिका लागि स्थानीय वडा कार्यालयको सिफारिसमा वृक्षारोपण गर्ने स्थान खुलाएर सम्बन्धित कार्यालयको आधिकारिक पत्रसहित कार्यालयमा आउनुपर्ने उनले बताए।