सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुँगुरको मिर्गौला हालेकी महिलाको मृत्यु

२०८१ असार २७, ११:२५

न्यूयोर्क: लिसा पिसानो मेकानिकल मुटु पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला हालेकी पहिलो व्यक्ति थिइन्। सोमबार पिसानोको निधन भएको एनवाईयू लाङ्वन हेल्थले बताएको छ। 

यही संस्थाले पिसानोको शरीरमा मेकानिकल मुटुको पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला राखिदिएको थियो। पिसानोको शरीरमा अप्रिल १२ मा प्रत्यारोपण गरिएको थियो। तर सीमित रक्त प्रवाहका कारण मिर्गौला फेलियर भएपछि मे २९ मा यसलाई हटाइयो। मेकानिलक मुटुको पम्पको साथमा मिर्गौला प्रत्यारोपण गरिएकी उनी संसारकै पहिलो व्यक्ति थिइन् भने जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला हालिएकी दोस्रो जीवित व्यक्ति थिइन्।

आफ्नो लागि अङ्ग प्रत्यारोपणले काम नगरे पनि अरूका लागि काम गर्न सक्ने उनले बताएकी थिइन्। यसबाट अन्ततः कसै न कसैलाई फाइदा हुने आशा उनले व्यक्त गरेकी थिइन्। विश्वमा हरेक ८ मिनेटमा अङ्ग प्रत्यारोपण पर्खिनेहरूको सूचिमा एक जना मान्छे थपिने गरेको र दिनहुँ यो सूचिमा रहेका १७ जनाको निधन हुने अनुमान गरिएको छ। तर दाताहरूको उपलब्धताको अभावमा अन्य पशुका अङ्ग प्रत्यारोपण अर्थात् जेनोट्रान्सप्लान्टेशन सम्भावित समाधान बन्ने आशा पलाएको छ। तर यसका लागि अझै कयौँ वर्ष कुर्नु पर्ने देखिन्छ।

कमेन्ट लोड गर्नुस