सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ युवक पक्राउ

२०८१ असार २७, ०८:५२ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ युवक पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–३ चुटकि बजारको भित्रि सडक खण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २४ वर्षीय बिशाल राना र कृष्णपुर नगरपालिका–८ का २२ वर्षीय भरत राना बुधवार पक्राउ परेका हुन्। उनीहरुलाई ४ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस