सुदूर नेपाललाई विश्वसँग जोड्दै

पानीमा डुबेर बेपत्ता भएकी आरती पनि मृत फेला

२०८१ असार २४, ०७:०२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा नुहाउने क्रममा बेपत्ता भएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको पुनर्वास–५ की १६ वर्षीया आरती बोगटी खोजतलासको क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। लगातारको वर्षापछि आएको बाढीका कारण उनीसँगै रहेकी दुई बालिकालाई पनि बेपत्ता भएकी थिइन्।

आज (सोमवार) दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा पुनर्वास नगरपालिका–५ नयाँ कटानककी १५ वर्षीया सृजना बोगटी, १६ वर्षीया आरती बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी बेपत्ता भएकी थिइन्। लक्ष्मी र सृजना बोगटीको शव यसअघि नै फेला परेको थियो। 
 

कमेन्ट लोड गर्नुस