सुदूर नेपाललाई विश्वसँग जोड्दै

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

२०८१ असार २२, ०५:३४ खबर संवाददाता

काठमाडौँः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्।

मुख्यमन्त्री सिंहले शनिवार मधेश प्रदेशसभाबाट विश्वासको मत पाएका हुन्। १०७ सदस्यीय प्रदेशसभामा शनिवार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन्। बैठकमा १०१ जना उपस्थित भएकोमा उनको विपक्षमा ३४ मत परेको थियो।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंह विश्वासको मत पाएको घोषणा गरेका थिए। मुख्यमन्त्री सिंहलाई आफ्नै दल जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन्। गत जेठ २५ मा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए।
 

कमेन्ट लोड गर्नुस