सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मानव अधिकार उल्लंघनका १६२ घटना सार्वजनिक

२०८१ असार १३, ०३:२८ खबर संवाददाता

धनगढीः कैलालीमा ६ महिनाको अवधिमा १६२ वटा मानव अधिकार उल्लंघनका घटना घटेको पाइएको छ।

अनौपचारिक सेवा केन्द्र इन्सेकले बिहिवार धनगढीमा आयोजना गरेको अर्धवार्षिक समिक्षा गोष्ठीमा कैलालीमा ६ महिनाको अवधिमा घटेका मानव अधिकार उल्लंघनका घटनामा १३९ जना पीडित भएको जनाएको छ। सन् २०२४ को जनवरीदेखि जुनसम्मको अवधिमा १६२ घटनामा १३९ महिला, १८ बालिका र ८ जना पुरुष गरी १६५ जना पीडित भएको इन्सेकले जनाएको छ।

६ महिनाको अवधिमा महिला अधिकारबाट १३९ जना, घरेलु हिंसाबाट १११, बलात्कारबाट २१, बेचविखनबाट एक र बहुविवाहबाट ६ जना पीडित भएको इन्सेक कैलालीले जनाएको छ।
६ महिनाको अवधिमा बाल अधिकारबाट १८ जना पीडित भएको इन्सेक सुदूरपश्चिम प्रमुख खडकराज जोशीले बताए।

जसमध्ये बलात्कारबाट १४, यौन दुर्व्यवहारबाट तीन र बलात्कारबाट एक जना पीडित भएको जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस