सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र भीमदत्तबाट अबैध सामान बरामद

२०८१ असार १३, ०३:१९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्त नगर क्षेत्रबाट अबैध सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, धनगढी–९ त्रीवेणीघाट र भजनी नगरपालिका–५ लालबोझीबाट अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ। ती स्थानबाट करिब २ लाख ७० हजार २३५ मूल्यको प्याज, चिनी, बिडी, सुर्ती, साइकलका टायर, लेडिज कुर्ती, कपडा सिलाउने मेसिन, प्लाष्टिक झिल्ली लगायतका सामान प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेना र बेलौरी नगरपालिका–१ फटैयाबाट पनि प्रहरीले करिब ५२ हजार ५ सय मुल्यको अबैध चिनी, पेय पदार्थ, बिडी, सुर्ती, खानेतेल, प्लाष्टिक झिल्ली लगायतका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस