सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तीनवटा पक्की पुल तयार, निर्माणाधीन अवस्थामा थप चार पुल

२०८१ असार ११, ०६:५० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा तीनवटा पक्की पुल निर्माणको काम पुरा भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ र वडा नम्बर ५ जोड्ने नाष्ट कलेज नजिकैको कैलाली खोला, वडा नम्बर १३ जनता राष्ट्रिय मावि नजिकै कैलाली गाउँको कैलाली खोला र वडा नम्बर ११ को जोखैया नालामा मोटरेबल पक्की पुल निर्माणको काम पुरा भएको हो। धनगढी उपमहानगरपालिकाले सातवटा आरसिसी मोटरेबल पुल निर्माणको काम अघि बढाएको थियो।

वडा नम्बर १३ को कैलाली खोला र वडा नम्बर ४ र ५ जोड्ने कैलाली खोलाको पुल सम्झौता अवधी अगावै सम्पन्न भएको हो। धनगढी–४ र ५ जोड्ने नास्ट कलेज नजिकको पुल निर्माणको ठेक्का करिव ४ करोडमा एलवी एण्ड एबी बिल्डर्सले पाएको थियो। २५ मिटर लम्बाई र ५ दशमलव ५ मिटर चौडाइको छ। साथै सो पुलको भारवहन क्षमता समेत जाँच गरिसकिएको छ।

बाँकी चारवटा पुल निर्माणको काम जारी छ। धनगढी उपमहानगरपालिकाले २०७९ पुसमा पाँचवटा आरसिसी मोटरेबल पुल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो। जसमध्ये तीनवटा पुल निर्माणको काम पुरा भइसकेको छ। उपमहानगरपालिकाले धनगढी–६ को जोकैया खोला, धनगढी–१६ को भादा खोला, वडा नम्बर १ र ८ को सुकुटी खोला, वडा नम्वर १३ कैलाली गाउँको कैलाली खोला, नास्ट कलेज नजिक, वडा नम्बर १ र २ जोड्ने साथी होटल पछाडि र साइकेन्द्रदेखि तारानगर जाने बाटोमा आरसिसी मोटरेबल पुल निर्माणको काम अघि बढाएको थियो।

कमेन्ट लोड गर्नुस