सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी प्रदेशमा आज मनसुनी प्रणालीको प्रभाव 

२०८१ असार ९, ०६:०२ खबर संवाददाता

हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। 
साथै विभागले आज राति कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको  छ।
 

कमेन्ट लोड गर्नुस