अत्तरियाबाट ३४ हजार मुल्यका अवैध कपडा बरामद
धनगढीः कैलालीको अत्तरियाबाट भन्सार छलिका ३४ हजार मुल्य बराबरका अवैध कपडा बरामद गरिएको छ।
आज (बिहिवार) गोदावरी नगरपालिका– १ धनगढी रोडबाट भन्सार छलिका अन्दाजी ३४ हजार २ सय मुल्य बराबरका कपडा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।
कुर्ती सुट र मेक्सी लगाएतका कपडा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखा बाट खटिएका प्रहरी टोलीले बरामद गरेको हो। बरामद गरिएका कपडा आवश्यक कारबाहीका लागि कैलाली भंन्सार कार्यालय धनगढीमा बुझाएको छ।