कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन।
जिल्लाको भीमदत्त नगरपालिका–१ शिबमन्दिरबाट वेदकोट नगरपालिका–६ का २९ वर्षीय निरज चौधरी, २१ वर्षीय अकबर डगौरा र २१ वर्षकै सुमित चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।
प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शून्य दशमलव शून्य ६ ग्राम लागूऔषधसहित निरज डगौरा र अकबर डगौरा पक्राउ परेका हुन्। सुमित चौधरी २ दशमलव २६ ग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।