कञ्चनपुरका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट ५३ हजार ४ सय इलाका प्रहरी कार्यालय ब्रम्हदेबबाट १६ हजार प्रहरी चौकि झिलमिलाबाट ११ हजार ३ सय साठी प्रहरी चौकि भुडाबाट १४ हजार,अस्थाइ प्रहरी पोस्ट सुकाशालले २३ हजार ९सय तीस, र अस्थाइ प्रहरी पोस्ट विट मझगाउँले १ लाख २० हजार गरि करिब २ लाख ३८ हजार ६ सय नब्बे बराबरको भन्सार छलीको सामान चिनि, पेय पदार्थ, सुर्ति, तेल, लेडिज कपडा, बच्चाको कपडा, स्टेस्नरीको सामान, बिडी, अचार, सलाई, चुरोट, गुट्का लगातका सामान बरामद गरि गरी थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।