सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीको नगर उद्यानको पर्खाल निर्माणकै क्रममा भत्कीयो

२०७६ जेठ १७, १२:५३ खबर संवाददाता

कैलालीको लम्कीमा निर्माणकै क्रममा नगर उद्यान (पार्क) को पर्खाल भत्कीएपछि कमशल सामाग्रीको प्रयोग गरिएको आरोप लागेको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर २ र ५ मा पर्ने मोहनलाल सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको नगर उद्यानमा पर्खाल भत्कीएपछि उपभोक्ता समितिले कमशल समाग्री प्रयोग गरेको आरोप लागेको हो। स्थानीय भुपेन्द्र रावलले पर्खाल निर्माणका लागि खरिद गरिएको सिमेन्ट दिनदहाडै गायब गरी उपभोक्ता समितिले कमशल समाग्री प्रयोग गरेको बताए। उनले मापदण्ड अनुसार पर्खाल निर्माण नगरिएपछि भत्कीन थालेको बताए। यता  नगर उद्यान निर्माण समितिका अध्यक्ष समेत रहेका मोहनलाल सामुदायिक वनका अध्यक्ष बखत विष्टले प्राविधिक क्रुटीका कारण २–३ मिटर नालीमा ताजा सिमेन्ट मसला प्रयोग नभएपछि पर्खाल भत्कीएको बताए।  
 

कमेन्ट लोड गर्नुस