सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा रुखमा च्यापिएर एक महिलाको मृत्यु

२०८१ जेठ २५, ०६:२० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा रुखमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको दोधाराचाँदनी नगरपालिका–४ पिपलचौतारामा हावाहुरीले रुख ढल्दा एक महिलाको च्यापिएर मृत्यु भएको छ।

दोधाराचाँदनी नगरपालिका–४ की ५० वर्षीया हीरादेबी बडुवाल सीमलको रुखमा च्यापिएर घाइते भएकी थिइन। उनको उपचारकोक्रममा भारतको खटीमामा रहेको स्वस्तिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस