सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीमा एक सामुदायिक वनको कार्यालयमा तालाबन्दी

२०८१ जेठ २५, ०५:०४ खबर संवाददाता

धनगढीः कैलालीको बुलबुले रानी सामुदायिक बनमा  तालाबन्दी गरीएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० र ९ रानीझिरौँखामा रहेको बुलबुले रानी सामुदायिक वनमा उपभोक्ताहरूले तालाबन्दी गरेका हुन्।

सामुदायिक वनका उपभोक्ताहरूले विभिन्न माग राख्दै कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गरेका छन्। वर्तमान वनको कार्यसमितिले लामो समयदेखि साधारण सभा देखि लिएर सामुदायिक वनको आयव्यय सार्वजनिक गर्न आलटाल गरिरहेको आरोप लगाउँदै उपभोक्ताहरूले तालाबन्दी गरेका हुन्।

वनको कार्यसमितिले लामो समय देखी सामुदायिक वनको साधारण सभा नबोलाएको भन्दै उपभोक्ताहरूले आपत्ति समेत जनाएका छन्। वर्तमान वनको कार्यसमितिले साधारण सभा देखि लिएर सामुदायिक वनको आयव्यय सार्वजनिक गर्न आलटाल गरिरहेको उपभोक्ताहरूले आरोप लगाएका छन्।
 

कमेन्ट लोड गर्नुस