टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ
२०८१ जेठ २३, ०७:२०
धनगढीः कैलालीको टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
टीकापुर नगरपालिका-२ सितापुरबाट सोही ठाउँ बस्ने २० वर्षीय धर्मेन्द्र शाह मंगलवार पक्राउ परेका हुन्। शाहलाई २२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस