राजनीतिक र प्रशासनिक व्यक्तिमाथि भएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न केसीको माग
काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ४१ हजार बढी राजनीतिक र प्रशासनिक व्यक्तिमाथि छानबिन भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
केसीले आज प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै ४१ हजार बढी राजनीतिक र प्रशासनिक व्यक्तिमाथि छानबिन भएको प्रतिवेदन सार्वजनिक गर्न माग माग गरेका हुन्। भ्रष्टाचार नियन्त्रण गर्न नसक्द सम्म मुलुकले आर्थिक रुपमा गति लिन नसक्ने भन्दै उनले सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश भैरवप्रसाद लम्सालको अध्यक्षतामा गठित सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन।‘लम्साल आयोगको २०४७ लेखि २०५८ सम्मको प्रतिवेदन, जो ४१ हजार भन्दा बढी राजनीतिक प्रशासनिक व्यक्तिको छानबिन गरिएको थियो।
त्यसलाई सार्वजनिक गरियोस्। सुन काण्ड लगायतको सार्वजनिक गरियोस, उच्च राजनीतिक र प्रशासनिक व्यक्तिकै कारण मुलुकको आर्थिक अवस्था सुधार हुन नसकेको उनले बताए।