सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजेन्द्र लिङदेनले अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि प्रतिनिधिसभा बैठक स्थगित

२०८१ जेठ २२, ०३:११

काठमाडौंः  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ।

आज प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा काँग्रेसका अर्जुन नरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धारणा राखखिसकेपछीे बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको जानकारी गराइन्।

सँगै सरकारका प्रतिनिधिका रुपमा खानेपानी मन्त्री राजेन्द्रकुमार राई रहेको पनि बताइन्। तर राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि मात्रै बोल्ने अडान लिए।

कमेन्ट लोड गर्नुस