धनगढीमा एमाले अध्यक्ष बनिन् अम्बिका, यस्तो छ पालिका अध्यक्षहरुको सूची
धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा भएको एमाले पालिका अधिवेशनबाट महिला नेतृत्व निर्वाचित भएको छ।
धनगढीमा भएको निर्वाचनमा अन्य दुई उम्मेदवारलाई पछि पार्दै अम्बिका विष्ट निर्वाचित भएकी हुन्। उनले १२८ मत पाउँदा अर्का उम्मेदवार कमलसिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत मात्र पाएका हुन। त्यस्तै उपाध्यक्षमा पर्वत चौधरी निर्वाचित भएका छन् भने सचिवमा चन्द्रप्रकाश जोशी, उप–सचिवमा सरस्वती चन्द र जनक ढकाल निर्वाचित भएका छन्।
कैलालीका १३ स्थानीय तह छन्। तीमध्ये अधिकांश स्थानीय तहमा अधिवेशन भइसकेको छ। एमालेको पालिका अधिवेशनबाट धनगढी–अम्बिका विष्ट मल्ल अध्यक्षमा निर्वाचित भएकी छन्। गोदावरीमा सन्तोष सिंह, चुरेमा दानबहादुर महरा, गौरीगङ्गामा पदमबहादुर ऐर, घोडाघोडीमा हेमराज सापकोटा र बर्दगोरियामा मधुकर सिजापति मगर अध्यक्षमा निर्वाचित भएका हुन्।
भजनीमा प्रक्रिया जारी छ। कैलारीमा पनि चयन हुन बाँकी नै छ। लम्कीमा भने प्रक्रिया जारी छ। मोहन्यालमा बमबहादुर रावल अध्यक्ष बनेका छन्। जानकीमा प्रक्रिया जारी छ। टीकापुरमा लक्ष्मण थापा, जोशीपुरमा केशरबहादुर चौधरी र मजदुर विशेष इलाकामा ललित चन्द अध्यक्ष बनेका छन्। बुद्धिजीवी विशेष इलाकामा पनि नेतृत्व चयन हुन बाँकी नै छ।