सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुविवाह मुद्दामा फरार रहेका बाजुराका मनबहादुर पक्राउ 

२०८१ जेठ २२, ०७:५५ खबर संवाददाता

बाजुराः बहुविवाह मुद्दामा फरार रहेका बाजुराका मनबहादुर बि.क. पक्राउ परेका छन्।

जिल्ला अदालत बाजुराको फैसलाले बिबाह सम्बन्धी कसूर (बहुविवाह) मुद्दामा ११ महिना ७ दिन कैद सजाय र १० हजार जरिवाना ठहर गरेपछि बि.क. फरार रहेका थिए। बडिमालिका नगरपालिका-७ बस्ने २८ वर्षीय  बि.कलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस