सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक घरमा आगलागी

२०८१ जेठ १८, ०९:१८ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा एक घरमा आगलागी भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१४ शान्तिटोलस्थित धनबहादुर विकको भान्सा घरमा आगलागी भएको हो। आगलागीबाट नजिकै रहेको २ तले कच्ची घरमा समेत आगलागी भएको छ।

आगलागीबाट तीन लाख बराबरको क्षति भएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस