सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तालमा डुबेर एक युवकको मृत्यु

२०८१ जेठ १६, ०९:५३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा तालमा डुबेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाटा नगरपालिका–८ स्थित बतासे झर्नाको तालमा डुबेर २१ वर्षीय सरोज टमाटाको मृत्यु भएको हो।

तालमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। तालमा शव फेला नपरेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस