कञ्चनपुरमा सार्वजनिक सम्पत्ति हिनामिनाका फरार दोषी पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा फरार दोषी पक्राउ परेका छन्।
सार्वजनिक सम्पत्ति हिनामिनामा दोषी ठहर तर फरार दोषीलाई प्रहरीले पक्राउ गरेको हो।
सार्वजनिक सम्पत्ति हिनामिना गरेर भ्रष्टाचार गरेको मुद्दामा ३ वर्ष कैद सजाय र ११ लाख ६९ हजार ४२ जरिबाना तोकिएका बेदकोट नगरपालिका–३ दैजीका ४८ वर्षीय दिपेन्द्रप्रसाद पनेरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पनेरुलाई घरबाटै नियन्त्रणमा लिएको हो।