कञ्चनपुबाट ६ लाख बढीका अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुबाट ६ लाख बढीको अवैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय, बेलौरी नगरपालिका–१० सडकघाट, पुनर्वास नगरपालिका–११ डोके बजार र दोधारा–चाँदनी नगरपालिका–१० निशानि टोलबाट करिब ६ लाख १८ हजार ९ सय मुल्यको अबैध काजु, बदाम, छोहारा, किसमिस, कोरा कपडा, सुट, थान कपडा, कुर्ती, स्प्रे, सिल्भरतार, हाडबेयरका सामान, किरानाको सामान, कस्मेटिकको सामान, पेय पदार्थ, प्लाष्टिक कुर्सि, माछा, एक थान मोटरसाइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।