कञ्चनपुरबाट साढे ६ लाख मूल्यको तस्करीको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट झण्डै साढे ६ लाख मूल्यको तस्करीको सामान प्रहरीले बरामद गरेको छ।
आइतबार र सोमबार प्रहरीले ६ लाख ४५ हजार ४२० रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय गड्डाचौकीले चार लाख ६३ हजार ८३०, अस्थायी प्रहरी बिट सुकाशालले एक लाख एक हजार ५३०, इलाका प्रहरी कार्यालय ब्रहमदेबले ५६ हजार ६० र अस्थायी प्रहरी पोस्ट बाणीले ६ हजार मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो।
साथै एक थान मोटरसाइकलसँगै कपडा, दाल, काजु, सुट, बदाम, मिश्री, मटर, सुर्ती, कुर्ती, बिडी, तेल र हार्डवेयरका सामान नियत्रणमा लिएको भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।