कञ्चनपुरमा लागूऔषधसहित कैलालीका दुई युवक पक्राउ
२०८१ जेठ १४, ०८:१२
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित कैलालीका दुई युवक पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका–७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका–७ का २८ वर्षीय प्रेम ठकुल्ला र २५ वर्षीय किरण बोहरा आइतवार पक्राउ परेका हुन्। दुबै जनालाई ०.३२ ग्राम लागूऔषध (खैरो हेरोईन) र मोटरसाईकल १ थानसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस