सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक फर्निचर उद्योगबाट अबैध काठ बरामद

२०८१ जेठ १४, ०७:४७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक फर्निचर उद्योगबाट अबैध काठ बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-१५ बस्ने राजमती रानाले संचालन गरेको राम फर्निचर उद्योगमा चेकजाँच गर्ने क्रममा टाँचा नलगाएको अवैध सालको एक थान गोलिया (२९ क्युफिट) बरामद गरिएको हो।

अन्दाजी ४२ हजार मुल्य बराबरको काठको गोलिया प्रहरी चौकी कनरी र सव–डिभिजन वन कार्यालय फुलवारीबाट संयुक्त रुपमा खटिएको टोलीले फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फेला परेको उक्त काठलाई सव डिभिजन वन कार्यालय फुलबारीको जिम्मा लगाएको छ।

कमेन्ट लोड गर्नुस