वैवाहिक उत्सवको अवसरमा बिरुवा रोप्न विद्यालयलाई आर्थिक सहयोग
धनगढीः धनगढीमा वैवाहिक उत्सवको अवसरमा वृक्षारोपण गर्न विद्यालयलाई आर्थिक सहयोग गरिएको छ।
धनगढी–१८ का सुरज परियार र प्रिती परियारले वैवाहिक वर्षगाठको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गरेका हुन्। आइतवार परियार दम्पतीले चन्द्रोदय माध्यमिक विद्यालयलाई वृक्षरोपण गर्न नगद पाँच हजार सहयोग गरेका हुन्।
छैटौं वैवाहिक वर्षगाठको अवसरमा परियार दम्पतीले विद्यालयको इको क्लबलाई सहयोग गरेका हुन्। हरियाली प्रवर्द्धन गर्न आर्थिक सहयोग गर्ने परियार दम्पतीलाई विद्यालय परिवारले धन्यवाद दिएको छ।