सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि गणतन्त्र दिवस मनाईयो

२०७६ जेठ १५, ११:२६ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि १२ औँ  गणतन्त्र दिवस मनाईएको छ। प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा गठित प्रदेश स्तरीय मुल समारोह समितिले गणतन्त्र दिवस मनाएको हो। दिवसका अवसरमा दुई दिन अगाडीदेखि विभिन्न कार्यक्रम गरेको मुल समारोह समितिले आज धनगढीमा झाकी सहित ¥याली निकालेको छ।

धनगढी चौराहबाट सुरु भएको सांसकृतिक झाँकी  सहितको ¥यालीमा प्रदेश र स्थानीय सरकारका पदाधिकारी, सांसद, कर्मचारी, विद्यार्थीहरुको सहभागिता रहेको थियो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाईदै आएको छ। २०६२÷०६३ को आन्दोलनपछि भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ। गणतन्त्र दिवसको दिन दिइने सार्वजनिक विदा भने सरकारले गत वर्षबाट कटौती गरेको छ तर पनि जनस्तरबाट भने विभिन्न कार्यक्रम आयोजना गरिदै आएको छ। 
 
 
 

कमेन्ट लोड गर्नुस