कैलालीको अत्तरियाबाट लागुऔषधसहित एक जना पक्राउ
२०८१ जेठ ११, ०५:०८
धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषधसहित आज (शुक्रवार) एक जना पक्राउ परेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ३५ वर्षीय राजेश सुनार पक्राउ परेका हुन। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले २.९२० मिलिग्राम लागुऔषधसहित अत्तरियाबाट पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस