सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट  लागेर एक जनाको मृत्यु

२०८१ जेठ ११, ०४:३६ खबर संवाददाता

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका ३५ वर्षीय टिकाराम जोशीको करेन्ट लागेर शुक्रवार (आज) बिहान मृत्यु भएको हो।

आफ्नै घरमा मोटरको तार जोड्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस