धनगढी ७ मा सरसफाइ सप्ताह सुरू
धनगढीः धनगढी ७ मा सरसफाइ सप्ताह सुरू भएको छ।
बिहीवारबाट सरसफाइ सप्ताह सुरू भएको हो। वडाको मनेहरा गौडा टोल, तिल्की टोल र आशानगर टोलबाट साप्ताहि सरसफाइ अभियान सुरू भएको सरसफाइ सहजकर्ता कमल ढाँटले बताए।
वडा स्तरीय सरसफाइ सप्ताहको वडा अध्यक्ष मोतिराम रानाले उद्घाटन गरेका हुन्। सरसफाइ अभियान सामाजिक परिचालक विन्दु केसीको नेतृत्वमा सुरु भएको हो।
बिहीवारदेखि सुरु भएको सरसफाइ सप्ताहमा वडा नम्बर ७ का सबै टोलमाहरु सरसफाइ गरी ७ औं दिनमा समापन गरिनेछ। सरसफाइ सप्ताहमा हुने सरसफाइ अभियानमा जोडिन वडा अध्यक्ष रानाले वडाबासीलाई अनुरोध गरेका छन्।