सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

२०८१ जेठ ८, ११:२० रासस

काठमाडौँः सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ।

संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो। बैठकमा सबै सदस्य सहभागी छन्।  
कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी एमालेका  प्रमुख   सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालछन्। कांग्रेसका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी छन्। 

कमेन्ट लोड गर्नुस