सुदूर नेपाललाई विश्वसँग जोड्दै

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

२०८१ जेठ ८, ११:०६ रासस

चितवनः माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा ३ ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४  कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन्। घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ। 

घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ।
 

कमेन्ट लोड गर्नुस