सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज यी प्रदेशमा वर्षाको सम्भावना 

२०८१ जेठ ८, ०६:१५ खबर संवाददाता

धनगढीः हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जस्को प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कमेन्ट लोड गर्नुस