महाकाली नदीमा डुबेर बेपत्ता भएका विष्णुको शव फेला
कञ्चनपुरः महाकाली नदीमा डुबेर बेपत्ता भएका किशोरको शव आज फेला परेको छ।
शनिवार साँझ दोधारा चाँदनी नगरपालिका–९ ढकनाघाटनजिकै नदीमा पौडी खेल्दा बेपत्ता भएका दोधाराचाँदनी नगरपालिका–५ का १७ वर्षीय विष्णु सुनारको शव फेला परेको छ।
उनको शव दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबर स्थित महाकाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे छ।