सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब धनगढी पनि ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य

२०८१ जेठ ७, ०५:५४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य बनेको छ।

ग्लोबल अलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सबाट धनगढी उपमहानगरपालिकालाई सदस्यता प्राप्त भएको हो। जहा जेरो वेस्ट सिटिज नेटवर्कमा हालसम्म विश्वका पाँच सय ५० सहर आबद्ध छन्। धनगढीमा फोहरमैलाको उचित व्यवस्थापन गरेको भन्दै सो सुचीभित्र समावेश गरेर सदस्यता प्रदान गरिएको छ।

अब सुदूरपश्चिमको धनगढीलाई पनि राम्रो र सफा सहरको रुपमा विश्वले चिन्नेछ। धनगढी उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापनसम्बन्धी गरिरहेको प्रयास र स्वच्छतासम्बन्धी पहललाई कदर गर्दै जेरो वेस्ट सिटिज नेटवर्कको फाउन्डेसन मेम्बरको सदस्यता मिलेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिका प्रकृति संरक्षण अवार्डबाट पनि सम्मानित भएको छ। उपमहानगरलाई विश्व प्रकृति कोष नेपालले वातावरण संरक्षणको क्षेत्रमा उल्लेख्य भूमिका निभाएको भन्दै प्रकृति संरक्षण अवार्ड प्रदान गरेको हो। नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले नगरप्रमुख गोपाल हमाललाई अवार्ड प्रदान गरेका हुन।

धनगढी उपमहानगरलाई प्रकृति संरक्षण अवार्ड, ‘जिरो वेस्ट सिटिज नेटवर्क’को सदस्यता

डब्लूडब्लूएफ नेपालले आफ्नो ३१ औँ स्थापना दिवसका अवसरमा उपमहानगरपालिकालाई नगद १ लाखसहित अवार्ड प्रदान गरेको छ। धनगढीले वातावरण संरक्षणअन्तर्गत प्लास्टिक बिक्री वितरणमा रोक, वृक्षारोपण, पानी पुनरभरण, सर्प तथा जीवजन्तुको सकुशल उद्धार गरेर सम्बन्धित वास स्थानमा छोड्ने लगायतका क्षेत्रमा काम गर्दै आएको छ।

May be an image of ‎text that says '‎ZERO WASTE CITIES NETWORK Dhangadhi Sub-metropolitan City Founding Member awarded during International Zero Waste Cities Conference held from 26-27 January 2023 Manila. Philippines fato FroilanG Grate وتابی ZERO. ZERO የፍ CTBENTISN cotes. Executive Director CAIA Pacific TEBMAT DNAL MONT ITP..CRcco 60600‎'‎

कमेन्ट लोड गर्नुस