सुदूर नेपाललाई विश्वसँग जोड्दै

ढुवानीका साधन भाडामा दिने धनगढी उपमहानगरपालिकाको निर्णय

२०८१ जेठ ७, ०२:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले आफुसँग भएका मेसिनरी एवं ढूवानीका साधन भाडामा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाको स्वामित्वमा रहेका मेसिनरी तथा ढूवानीका साधन भाडामा दिने निर्णय भएको हो। दैनिक र प्रतिघण्टा भाडा दर नै तोकेर कुनै व्यक्ति एवं संघसंस्थाले लिन चाहेमा उपलब्ध गराउने भन्दै उपमहानगरपालिकाले सूचना नै जारी गरेको छ।

इन्धनबाहेक टिपर प्रतिदिन पाँच हजार, भ्याकु लोडर प्रति घण्टा एक हजार एक सय ५० र पानी टंकी प्रतिघण्टा पाँच सयमा भाडामा दिने निर्णय गरिएको छ।

May be an image of blueprint and text

कमेन्ट लोड गर्नुस