जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
झापाः झापामा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्।
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका–१० का ३० वर्षीय एलेन क्षेत्री भन्ने लेखनाथ कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
कार्कीले ती महिलालाई झापाको अर्जुनधारा नगरपालिका–११ स्थित आठराई पाँचथर होटल एण्ड लजको कोठाभित्र सोमबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।