सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा फेन्सी र अछाममा पोल्ट्री फर्ममा आगलागी

२०८१ जेठ ७, ०१:३३ खबर संवाददाता

धनगढीः कैलालीमा एक फेन्सी स्टोरमा आगलागी भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला बजारस्थित साइना फेन्सी स्टोरमा विद्युत सर्ट भएर आइतबार दिउँसो आगलागी भएको हो। क्षतिको पूर्ण विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ। उता अछाममा पनि एक पोल्ट्री फर्ममा आगलागी भएको छ।

जिल्लाको रामारोशन गाउँपालिका–४ भेरी गाउँका भरत बिष्टको हेमन्त कृषि तथा पोल्ट्री फर्ममा विद्युत सर्ट भएर आइतबार दिउँसो आगलागी भएको हो। आगलागीबाट सो फर्म पूर्ण रूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस