सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा नुहाउनेक्रममा एक जना बेपत्ता

२०८१ जेठ ६, ०४:३९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन्।

शनिवार बेलुका ६ बजेको समयमा दोधारा चाँदनी नगरपालिका–५ माननिय चोक बस्ने अन्दाजी १७ वर्षका बिष्णु सुनार दोधारा चाँदनी नगरपालिका–९ ढकनाघाट स्थित महाकाली नदीमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन्।

बेपत्ता भएका सुनारको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय दोधरा चाँदनीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस