सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘नमस्ते मेयर’ मा गुनासो गर्ने पुरुषको संख्या अधिक

२०८१ जेठ ६, १०:०९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा गुनासो टिपाउनेको संख्या बढेको छ।

‘नमस्ते मेयर’ मा पाँच सय १६ वटा गुनासा दर्ता भएका छन्। ‘नमस्ते मेयर’ मा गुनासो टिपाउने पुरुषको संख्या सबैभन्दा धेरै देखिएको छ। कुल दर्ता भएका गुनासामध्ये एक सय ९९ गुनासाहरुको सामाधान गरिसकिएको छ। दुई सय ५१ गुनासाहरु समाधानको प्रक्रियामा रहेको उपमहानगरपालिकाले जनाएको छ।

‘नमस्ते मेयर’ मा ६३ महिलाले आफ्नो गुनासो दर्ता गराउँदा पुरुषको संख्या दोब्बर बढी अर्थात एक सय ६२ पुरुषले गुनासो दर्ता गएका छन्। ‘नमस्ते मेयर’ मा हालसम्म ध्वनी प्रदुषण सम्वन्धि एक, वातावरण सम्वन्धि २१, शिक्षासँग सम्वन्धित १५ र सबैभन्दा बढी सडकसँग सम्वन्धित ४६ गुनासा दर्ता भएका छन्।

त्यस्तै सार्वजनिक यातायातसँग सम्वन्धित चार, खानेपानीसँग सम्वन्धित १०, सार्वजनिक सम्पत्तिसँग सम्वन्धित एक र विद्युतसँग सम्वन्धित १४ गुनासा ‘नमस्ते मेयर’ मा दर्ता भएका छन्। त्यस्तै उपमहानगरपालिकालाई ८ वटा सुझाव समेत दिइएको छ। सार्वजनिक निर्माणसँग सम्वन्धित ३, शान्ति सुरक्षासँग सम्वन्धित दुई, उपभोक्ता हित संरक्षण सम्वन्धि ७, नदीजन्य निर्माण सामग्री एक, फोहरमैला व्यवस्थापनसँग सम्वन्धित ११, स्वास्थ्यसँग सम्वन्धित तीन र सडक बत्तीसँग सम्वन्धित पाँचवटा गुनासा ‘नमस्ते मेयर’ मा दर्ता भएका छन्।

यसैगरी डुबानसँग सम्वन्धित एक, लागुऔषधसँग सम्वन्धित दुई, अस्पष्ट गुनासा ८, ६ वटा गुनासा खारेज, प्रशासनिकसँग सम्वन्धित एक, अन्य तीन, कृषिसँग सम्वन्धित ४ र विवाद एक गरेर गुनासा दर्ता गरिएको छ। जानकारीको माग सम्वन्धित ५ र रोजगारसँग सम्वन्धित ९ वटा गुनासा ‘नमस्ते मेयर’ धनगढीमा दर्ता भएका छन्। ‘नगरवासीको सन्तुष्टि नै नगर प्रमुख र नगरपालिकाको सन्तुष्टि हो।’ भन्दै गुनासो सुन्ने र समाधानको प्रयास गर्ने उद्देश्यले ‘नमस्ते मेयर’ नामक एप सञ्चालनमा ल्याएको उपमहानगरपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस