धनगढीको स्वस्तिक अस्पतालले गर्यो कृष्णपुरमा निःशुल्क स्वास्थ्य शिविर
धनगढीः धनगढीको स्वस्तिक कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
हस्पिटलले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा स्वास्थ्य शिविर राखेको हो। शनिवार राखिएको शिविरमा स्थानीय २९४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको अस्पतालले जनाएको छ।
वडा नम्बर ५ मा राखिएको स्वास्थ्य शिविरमा १२५ जना बिरामीलाई निःशुल्क औषधी वितरण, एक सय जनाको नाक, कान र घाँटीको परीक्षण तथा ६८ जना महिलाको प्रसूति सम्बन्धी समस्याको चेकजाँच गरिएको अस्पतालले जनाएको छ।