सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार धनगढीका २ युवक पक्राउ

२०८१ जेठ ५, ०७:४५ खबर संवाददाता

धनगढीः चोरी मुद्दामा फरार रहेका कैलालीको धनगढीका २ युवक पक्राउ परेका छन्।

चोरी मुद्दामा १ महिना कैद सजाय र १५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय रमेश बि.क. र ३ महिना कैद सजायसहित १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–८ कै २६ वर्षीय गणेश राना पक्राउ परेका हुन्।

अदालतले कैद सजाय तथा जरिवाना ठहर गरेपछि फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस