डोटीको बोगटानमा निःशुल्क स्वास्थ्य शिविर संम्पन्न
डोटीः डोटीको बोगटान फुडुसिल गाउँपालिका–७ चवरा चौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्ंपन्न भएको छ।
शिविरमा १९४ बालबालिकाले सेवा लिएका छन्। बिहीवार निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढीको आर्थिक सहयोग तथा बोगटान फुड्सिल गाउँपालिका र ७ नम्बर वडा कार्यालयको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शिविरमा सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रले स्वास्थ्य चेकजाँच गरेका थिए।
चवरा चौतारा स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश विकका अनुसार शिविरमा जँचाउन आएका बालबालिकामा कुपोषण, निमोनिया, दम, ग्याष्टिक, मानसिक समस्या, जन्मजात विकलाङ्ग लगायतका समस्या देखा परेको छ। शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो।