कर्मचारी माग गरिएको ७ महिनापछि गोदावरीले गर्यो विज्ञापन रद्द
धनगढीः कैलालीको गोदावरी नगरपालिकाले कर्मचारी माग गरिएको ७ महिनापछि मात्र विज्ञापन रद्द गरेको छ।
नगरपालिकाले गत कार्तिक १० गते करारमा कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको थियो। विज्ञापन गरेको झण्डै ७ महिनापछि शुक्रवार सूचना जारी गर्दै करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी प्रकाशित विज्ञापन रद्द गरेको जनाएको हो।
बिहीवार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार विज्ञापन रद्द गरिएको सूचनामा उल्लेख छ। त्यस्तै, आवेदन दिएका परीक्षार्थीहरुलाई असार मसान्तभित्र परीक्षा दस्तुर फिर्ता लैजान समेत भनिएको छ।