सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सशस्त्रका नयाँ डीआइजीले भोलिदेखि कार्यभार सम्हाल्ने 

२०८१ जेठ १, ०७:४६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा सशस्त्रका नयाँ डीआइजीले भोलिदेखि कार्यभार सम्हाल्ने भएका छन्।

हालै सरुवा भएका नयाँ डीआइजी दिपक अधिकारी सुदूरपश्चिम आइपुगेका हुन्। आज (मंगलबार) सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनी अत्तरिया, कैलालीमा हाजिर भएको बताइएको छ। उनको बाहिनी लगायतका स्थानमा स्वागत कार्यक्रम जारी छ।

यस्तै यहाँबाट सरुवा भई गएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको विदाई गरिएको छ। आजमात्रै नेपाल प्रहरीको प्रदेशस्थित धनगढीको मुख्यालयमा प्रहरीका डीआइजी, राष्ट्रिय अनुसन्धान विभागका डीआइजी लगायतले उनीहरूको स्वागत र विदाई गरेका थिए।

यस अघि सशस्त्र प्रहरी बल नेपालका सुदूरपश्चिम प्रदेशका प्रमुख डीआइजी न्यौपाने र एसएसपी रमेश कुमार पाण्डेको सरुवा भएको थियो। गत (मंगलवार) गृहमन्त्रालयले डीआइजी न्यौपाने र एसएसपी पाण्डेको सरुवा गरेको हो।

अहिले न्यौपानेको स्थानमा डीआइजी दिपक अधिकारीलाई पठाइएको हो। उनी सशस्त्र प्रहरी बल नेपालको ५ नम्बर विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीबाट सरुवा भएर आएका हुन्। यस्तै एसएसपी पाण्डेको स्थानमा भने उद्धव बहादुर न्यौपाने आउने भएका छन्। उनी सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट आउन लागेका हुन्।

कमेन्ट लोड गर्नुस