सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ जेठ १, ०७:४४ खबर संवाददाता

कञ्चनपुरः चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ बैशाख २३ गतेको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका-२ घर भइ हाल बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने भोजप्रसाद चापागाई पक्राउ परेका हुन्। चापागाईलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरी आवश्यक कारवाहीको लागि सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएको छ।

कमेन्ट लोड गर्नुस