कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ
२०८१ जेठ १, ०६:४१
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ भुमीराज टोलका २३ वर्षीय लक्ष्मण सिंह साउद ६६० मिलिग्राम लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्। लागूऔषधसहित साउदलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस