सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा करेन्ट  लागेर एक महिला घाइते

२०८१ वैशाख ३१, ०७:३४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक महिला करेन्ट लागेर घाइते भएकी छन्।

धनगढी उपमहानगरपालिका–७ मनहेराकी २४ वर्षीया मेनुका चौधरी करेन्ट लागेर घाइते भएकी हुन्।

मेनुकालाई पानीको नलमा मोटरको प्लक जोड्दा करेन्ट लागेको हो। घाइते मेनुकाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस